वि.सं:
नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७
वि.सं. २०५६ सालमा नेपाल सरकारको मातहतमा स्थापना भई विभिन्न विषयका नियमित र उद्यमशिलता तालिम प्रदान गर्दै आएको यस कार्यालय नेपाल संघियतामा प्रवेश गरे सँगै वि.सं. २०७५ सालबाट प्रदेश नं. १ सरकारको सामाजिक विकास मन्त्रालयमा हस्तारन्तरण भयो । करिब ३ बर्ष सम्म सामाजिक विकास मन्त्रालय अन्तर्गत र वि.सं. २०७८ साल चैत्रबाट उद्योग, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत रही यस कार्यालयले आफ्नो सेवा प्रवाह गर्यो । वि.सं. २०७९ साल फागुनबाट पुनः कोशी प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालयमा हस्तान्तरण भएपछि यही मन्त्रालय अन्तर्गत रही यस कार्यालयले आफ्नो सेवा प्रवाह गरिरहेको छ । स्थापना कालदेखि नै यस कार्यालयले नियमित, उद्यमशिलता र वैदेशिक रोजगार एवं युवा स्वरोजगारमुलक विशेष सीप विकास तालिम संचालन गर्दै आएको छ ।